आफैले चलाएको ट्याक्टरले किचेर चालकको मृत्यु

९ साउन, विराटनगर । खेत जोत्दै गरेको अवस्थामा ट्याक्टरले किचेर मोरङको जहदा गाउँपालिका-१ मा चालकको मृत्यु भएको छ। को २ त ९०४६ नम्बरको ट्याक्टरले किचेर चालक जहदा-१ का ४२ वर्षीय दीपक सरवरियाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

उनका अनुसार कुलबहादुर गुरुङको खेत जोत्दै गरेको ट्याक्टर चिप्लिएर दुर्घटनामा परेको हो। शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *