नेपाली कांग्रेसद्वारा निर्मला पन्तको बलात्कार र हत्याका प्रमाण प्रहरीले नै नष्ट गरेको आरोप

काठमाडौं – नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका प्रमाण प्रहरी प्रशासनले नै नष्ट गरेको आरोप लागएको छ ।

महेन्द्रनगर पुगेर स्थलगत अवलोकन गरी तयार पारेको प्रतिवेदनमा प्रहरी अपराधीलाई समाउन भन्दा पनि उसलाई जोगाउन लागि परेको आरोप लगाइएको छ । घटनाका बारेमा छानविन गर्न गृहमन्त्रालयले पठाएको टोलीले उचित प्रमाणको अभावमा छानविन कार्यलाई अघि बढाउन नसकेको निष्कर्ष निकालिएको छानविन टोलीका एक सदस्यले उज्यालोलाई जानकारी दिए ।

कांग्रेसले यस बारेमा तयार पारेको प्रतिवेदन आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै छ । कांग्रेसले घटनाका दोषी पत्ता लगाई कारवाही गर्न, प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई छानविन र कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।

कञ्चनपुरकी निर्मलाको एक महिनाअघि बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्याका बारेमा छानविनमा चासो नदेखाएको भन्दै प्रदर्शन चर्काए पछि गृहमन्त्रालये छानविन टोली नै गठन गर्नु परेको थियो । – uhyaaloOnline

Leave a comment

Your email address will not be published. Required fields are marked *