रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै, प्रहरी कार्यालय अगाडि प्रदर्शन

पत्रकार शाकिराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कँडेललाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् ।

यता पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी ओखलढुङ्गाकी अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *