सन्दीपको कीर्तिमानी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पूरा गररे विश्व कीर्तिमान राखेका छन् । एसीसी प्रिमियर कपअन्तर्गत आज कीर्तिपुरस्थित टीयू मैदानमा भएको ओमानविरुद्धको खेलमा अदिल शफिकलाई आउट गर्दै सन्दीपले सय विकेट पूरा गरेका हुन् ।

सय विकेट ओडीआई क्रिकेटमा ठूलो सफलता हो । सन्दीपले ४२ खेलमा सय विकेट पूरा गरेका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । रसिदले अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा एक सय विकेट पूरा गर्दै बनाएको कीर्तिमान तोडेका थिए ।

सन्दीप सय विकेट पूरा गर्ने पहिलो नेपाली बलरसमेत हुन् । सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई एलबीडब्लू आउट गरे । सोही ओभरको अन्तिम बललमा सन्दीपले कप्तान जिसन मक्सुदला समेत बोल्ड गरे । उनले कास्यप प्रजापतीको समेत विकेट लिए । प्रजापतीले २५ रन बनाएका थिए । सन्दीप ओडआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत हुन् । उनले २२ खेल खेल्दा ५० विकेट पूरा गरेका थिए । श्रीलंकाका अजन्था मेन्डिसले १९ औं खेलमा ५० विकेट लिँदै कीर्तिमान राखेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट ओडीआईमा डेब्यू गरेका हुन् । लिग टूमा अमेरिकाविरुद्ध र पपुवान्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *