भन्सार छलि आएको माेवाइल पसलबाटै पक्राउ।

 


झापा-भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका मोबाइल सेटसहित प्रहरीले झापाको बिर्तामोडबाट एकजना व्यवसायीलाई बुधबार पक्राउ गरेको छ ।

बिर्तामोडमा व्यवसाय गरिरहेका माेवाइल डिलरहरुक सहयोगमा प्रहरीले व्यवसायी शंकर वंशललाई नियन्त्रणमा लिएको हो ।

व्यवसायी वंशलले बिर्तामोडस्थित हनुमान सेन्ट्रलको माथिल्लो तलामा सञ्चालन गर्दै आएको श्री श्याम मोबाइल एसाेसिरिजमा अवैधरुपमा भित्राइएका मोबाइल कारोबार भइरहेको सूचना डिलर व्यवसायीहरुले प्राप्त गरेका थिए ।

प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा वंशलले भारतबाट अवैध रूपमा भित्र्याएर मोबाइल सेटको कारोबार गरिरहेकाे खुलेको थियो ।

डिलरहरुकाे सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले वंशलको पसलमा छापा मार्दा अवैध रूपमा भित्र्याइएका ३० ओटा मोबाइल सेट फेला परेका छन् ।

ती सेटसहित वंशललाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ ‌। उनलाई इटहरीस्थित राजस्व अनुसन्धान बिभागको कार्यालयमा बुझाइने जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *