नेकपा एमाले कोशी प्रदेशको अधिवेसनमा मतदान सकियो मतगणना दिउँसोदेखि सुरु गर्ने तयारी

 

नेकपा एमाले कोशी प्रदेशको अधिवेसनमा नयाँ नेतृत्व छनोटका लागि राति १० बजेदेखि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ ।

निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान मतदान सकिएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए ।

आज दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए जसमा २० जनाले मतदान गरेनन् ।

 

Open photo
मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *