अन्तराष्ट्रिय महिला शिखर सम्मेलन, सम्बृद्धिका लागि महिलाको समान हक: उपराष्ट्रपति नन्दबाहादुर पुन

अर्पित राई

१८ भाद्र, काठमाडौं । वर्तामान उपराष्ट्रपति नन्दबाहादुर पुनले देशको सर्वङगिक विकासका र सम्बृद्धिका लागि राज्यको हरेक क्षेत्रमा महिलाको समान हक र पहुँच अनिवार्य रहेको बताउनुभयो ।

दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको अन्र्तराष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा उपराष्ट्रपति पुनले महिलालाई अबको समयमा आर्थिक, सामाजिक , राजनीतिक लगायतका क्षेत्रमा सक्षम बनाउनुपर्ने बताउनुभयो ।

नेपालको संविधानले समेत महिला समान अधिकार प्रदान गरेको बताउँदै देशको दिगो विकाश र आर्थिक सम्बिृद्धिमा महिलाको संग्लद्धनता अन्तराष्ट्रिय उदाहरणले पुष्टि गरेको पुनले बताउनुभयो । दैनिक रुपमा हेर्ने पत्रिकामा महिला हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधको खबरले आफु स्तब्ध भएको उहाले बताउनुभयो ।

आजको २१ औं सताब्दीमा हाम्रो समाज अहिलेसम्म महिला शोषण हिंसा मुक्त हुन नसकेकोमा दुख व्यक्त गर्दै अब त्यता घटनाको अन्त्य गराई महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने उहाले बताउनुभयो ।

अन्तराष्ट्रिय महिला शिखर सम्मेलनको मुख्य उदेश्य अन्तर्राष्ट्रिय संघसस्थासंग महिला विकासका लागी सहयोग र साझेदारी स्थापित गर्ने दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले जानकारी दिनुभयो । महिला व्यापार प्रवर्दन गर्न सम्बन्धित चुनौतीहरुलाई सम्बोधन गर्ने पनि रिजालले बताउनु भयो ।
भारत, पाकिस्तान, श्रीलङका , बङलादेश, चीन, बेलायत लगायत २७ वटा एसियन तथा युरोपियन देशहरुको सहभागिता रहेको कार्यक्रम भोलिसम्म जारी रहनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *