कनकाईधाम धार्मिक विकास संस्थाको अध्यक्षमा थापा विजयी

झापा कनकाईमा रहेको कनकाईधाम धार्मिक विकास संस्था कोटिहोमको अध्यक्षमा समाजसेवी तथा धार्मिक व्यक्तित्व शेरबहादुर थापा विजयी भएका छन् ।

आज साँझ ०६ः४५ सम्म जारी मतगणना अनुसार थापाको जित निश्चित भएको हो । हिजो सम्पन्न निर्वाचनमा ९२६ मत खसेको थियो ।

थापाले अध्यक्षका अर्का प्रत्यासी नरेन्द्रप्रसाद फुयाललाई हराउने निश्चित भएको हो । ८०२ मत गणना गर्दा थापाको ४५४ र फुयालको ३२८ मत छ ।अब गन्न बाँकी मतमध्ये तीन मत मात्र थापाले पाए उनको जित पक्का हुनेछ । थापाले सुरुवातदेखि नै अग्रता लिएका थिए ।

थापाले फुयाललाई १४७ मत अन्तरले पराजित गरेका छन् । थापाले जम्मा ५२३ मत ल्याए । फुयालले ३७६ मत पाए ।

महासचिवमा थापा प्यानलका दिनानाथ खतिवडा विजयी भए । खतिवडाले ४३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याए ।अरु सदस्यहरुको भने मतगणना जारी रहेको छ ।

साँझ ०७ः३० बजेसम्मको अपडेट

Leave a comment

Your email address will not be published. Required fields are marked *