राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको विद्यार्थीहरुलाई व्यवहारिक शिक्षाका लागि वनभोज कार्यक्रम

 

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय अन्तर्गत कक्षा ८ का विद्यार्थीलाई अनौठो प्रतियोगिता भएको छ ।

कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक बनभोज कार्यक्रममा सहभागी गराउँदा विषयगत शिक्षक गोविन्द काफ्लेले प्याज काट्ने प्रतियोगिता गराएका थिए ।
सामाजिक अध्ययन विषयका शिक्षक काफ्लेको नेतृत्वमा विद्यार्थीहरुलाई मोरङको पर्यटकीय बेतना सिमसार क्षेत्रमा शिक्षाप्रद मनोरञ्जनात्मक वनभोजको लागि आईतबार लगिएको थियो । सोही ठाउँमा उनीहरु बिच प्रतिस्पर्धा गराइएको हो ।

प्याज काट्ने प्रतियोगितामा १३ जना छात्राहरु सहभागी भएका थिए । प्रतियोगीलाई चस्माको प्रयोग गर्न दिएको थिएन । समान आकारका तीन तीन वटा प्याज काट्ने प्रतियोगितामा अमुना लिम्बु प्रथम भएकी थिइन् । उनले ४५ सेकेण्डमा तीनवटा समान आकारका प्याजलाई सबैभन्दा सानो टुक्रा मा काटेर प्रथम भएकी थिइन् ।

यस्तै एलिसा मगर द्वितीय ले ४६ सेकेण्ड तथा आर्जु चौहान तृतीयले ४८ सेकेण्डमा प्याज काटेका थिए । विजेता तीनै जनालाई शिक्षिका भूमिका घिमिरेले नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

अहिलेको साधारण शिक्षा प्रणालीले शीप सिकाउन नसकेको भन्दै व्यवहारिक शिक्षाका लागि विद्यार्थीहरुलाई वनभोज लगिएको शिक्षक काफ्लेले बताए । विगत वर्षमा पनि सो विद्यालयका विद्यार्थीहरुलाई शिक्षक काफ्लेले झापाकै पर्यटकीय क्षेत्रमा शैक्षिक वनभोजका लागि लगेर विभिन्न प्रकृतिका व्यवहारिक शिक्षाका बारेमा प्रतिस्पर्धा गराउँदै आएका छन् ।

शिक्षक काफ्ले सामाजिक अध्ययन विषयका निम्नमाध्यमिक तृतीय श्रेणीका शिक्षक हुन् । विद्यार्थीहरुका अनुसार शिक्षक काफ्लेको सिकाइ सहजीकरण प्रक्रिया व्यवहारिक, ज्ञानवर्धक र सिपमुलक हुने गरेको छ । वनभोज र प्रतियोगितामा सहभागी एलिसा मगरले भनिन्,‘ गोविन्द सरको सिकाइ सहजिकरण प्रक्रिया अन्य सरहरूको भन्दा फरक र असाधारण छ ।’

खाना पकाउन, दाउरा चिर्न, भारी बोक्न, साग सब्जी काट्न भाडावर्तन माझ्न सिकाउन कै लागि विद्यार्थीहरुलाई बनभोजमा सहभागी गराइएको शिक्षक काफ्लेले बताए । विद्यार्थीहरु सिप बिनाको ज्ञानमा सीमित भएकोले उनीहरुलाई दैनिक जीवनका भोगाईजरुमा जोड्न र मनोरञ्जन तथा हौसला प्रदान गर्ने उदेश्यले प्याज काट्ने प्रतियोगिता गराइएको अर्की शिक्षिका भूमिका घिमिरेले बताइन् ।

त्यसै गरि तिम्रो जवाफ मेरो अनुमान प्रतियोगितामा एलिसा मगर र मनिष घिमिरेको समुह प्रथम भए । एलिसा मगरलाई सोधिएका १० वटा प्रश्नका उत्तरहरु मध्ये मनिषले ७ वटा प्रश्नको उत्तरहरु अनुमान गरेर मिलाएका थिए । दुई जनाको ८ वटा समुह बनाएर यो प्रतिस्पर्धा गराइएको थियो ।

विद्यार्थीहरुले आफूले सामूहिक भोजन गरेको स्थल र वर पर रहेको फोहोरलाई व्यवस्थापन समेत गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *