थ्रेसरमा च्यापिएर एक पुरुषको मृत्यु

झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेका छन् ।

आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा थ्रेसरमा च्यापिएका थिए।

सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको थियो । घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *