कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

झापाको कनकाईमा कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँको बराबरको क्षति भएको छ । कनकाई नगरपालिका ५ तुलसीवारि का छविलाल आचार्यको कुखुरा फर्ममा बुधवार राती अन्दाजी ९:२० बजेको समयमा आगलागी हुँदा एक हजार बोइलर कुखुराका चल्ला, २४० केजी कुखुराको दाना, ३०० केजी मकै, १० मन धान र अन्य सरसामान जलेर नष्ट भएको छ ।

अन्दाजी २ कट्ठा जग्गामा रहेको सो कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर सञ्चालन गर्दै आइरहेका थिए । फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

आगो नियन्त्रणको लागी बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिकाको गरी तीन वटा दमकल, प्रहरी र स्थानियबासीहरुको सहयोगमा राती १०:४० बजे पूर्ण रुपमा नियन्त्रण गरीएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *