दूधेमा पौष ९ र १० गते चासोक तङ्नाम पर्व मनाउने तयारी

झापा शिवसताक्षीको दूधेमा चासोक तङनाम बृहत रुपमा मनाइने भएको छ ।

आफ्नै पारामा घर घरमै न्वागी पर्व मनाउँदै आए पनि २०७३ सालबाट भने सामूहिक रुपमा चासोक तङनाम मनाउँदै आएको हो। किरात थाक्थुङ चुम्लुङ शिवसताक्षीको आयोजनामा शिवसताक्षीको दूधे रंगशालामा पौष ९ र १० गते चासोक तङ्नाम पर्व मनाइने आज पत्रकार सम्मलेन गरी जानकारी गराइएको हो ।

कवि तथा पत्रकार साथै चासोक तङनाम कार्यक्रमका प्रेस संयोजक सेलिङ केसी भन्छन् चासोक तङ्नाम विशेषगरी लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम ९न्वागी पूजा अर्थात उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ। 

हरेक वर्ष दुधेमा आयोजना गरिदै आएको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने आयोजकले दावी गरेको छ । कार्यक्रम सम्पन्न गर्न ८ लाख खर्चको अनुमान गरिएको किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका, स्थानीय संघ संस्था र सहयोगी दाताहरुको रकमबाट कार्यक्रम सम्पन्न गर्ने बताए । पौष ९ गते नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने छन् भने, १० गते संघीय सांसद एलपी साँवा लिम्बु प्रमुख अतिथिको रुपमा रहने आयोजक किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीले जनाएको छ ।

कार्यक्रम सबै समुदायहरुको साझा भएकाले च्याम्ब्रुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरु प्रस्तुत गरिने । कार्यक्रममा धनुषकार्ड, छेलो हान्ने डोरी तान्ने खेललगायतका प्रतियोगिताहरुको आयोजना गरिने अध्यक्ष जवेगुले जानकारी दिए । कार्यक्रमका लागि ८० हजारको लागतमा लिम्बु समुदायको मौलिक घर निर्माण गरिने उनको भनाई छ । । कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी, जातिय नृत्य, राष्ट्रिय कलाकार हिमाल सागर, सविना नेम्वाङ्ग लगायत स्थानीय बेन्डहरुको बजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न विभिन विधामा समिति समेत  गठन गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *