प्याब्सन झापाका चौध पालिकालाई पछि पादै प्यारागनले रच्यो ईतिहास

झापाको कनकाई नगरपालिका ३ मा रहेको प्यारागन एकेडेमीले सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्यको सबै विधामा प्रथम स्थान हासिल गरी ईतिहास रचेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले आयोजना गरेको सांस्कृतिक प्रतियोगिता अन्तर्गत झापाका पन्ध्र पालिकामध्ये चौध पालिकाको सहभागिता रहेको कार्यक्रममा नृत्यको सबै विधामा प्रथम स्थान हासिल गरेको हो ।

प्यारागन एकेडेमीले आधुनिक, राष्ट्रिय र लोक साँस्कृतिक तीन वटा विधामा प्रथम स्थान हासिल गरेको विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यसरी एउटै विद्यालयले सबै विधामा प्रथम स्थान हासिल गरेको पहिलो ईतिहास भएको कनकाई नगर प्याब्सन अध्यक्ष बिनोद सुब्बाले जानकारी दिनुभयो ।प्याब्सन झापाले पुस २ र ३ गते दमकमा आयोजना गरेको कार्यक्रममा कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, ८ सम्मका विद्यार्थीले राष्ट्रिय र ९ देखि माथिकाले लोक साँस्कृतिक विधामा नृत्य गरेकोविद्यालयका संस्थापक चम्पा खनाल सुबेदीले जानकारी दिनुभयो । प्यारागनले प्याब्सन प्रदेश र केन्द्रले आयोजना गर्ने प्रतियोगितामा पनि विजय हासिल गर्ने लक्ष्य लिएको नृत्य निर्देशक दिवस गिरीले बताए ।

२०६४ सालमा कनकाईमा शुरु भएको प्यारागन एकेडेमी कक्षा १० सम्म संचालन भइरहेको र ७०३ जना विद्यार्थी रहेका छन् भने कर्मचारी र शिक्षक गरी ५७ जना रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले जानकारी दिनुभयो । आउने शैक्षिक सत्रदेखि कक्षा ११ संचालनको तयारी भइरहेको पनि संस्थापक सुबेदीले जानकारी दिनुभयो । विद्यालयका संयोजक चेतन भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन संचार सदस्य राम निरौलाले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *