भुटानी शरणार्थी शिविरमा आगलागी
झापा दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा आज बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा पुर्ण रुपमा जलेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेको जानकारी दिनुभएको छ ।आगलागीबाट मानवीय क्षती भने नभएको तर लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ ।