आउँदो बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा अर्जुन मैनाली उम्मेदवार

बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुन कुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको छ।नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ । झापाका स्थापित व्यवसायी मैनालीले यसअघि महासचिव पदमा विजयी हासिल गरेका थिए ।

मैनालीलाई अध्यक्षका रुपमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले समेत आफ्नो औपचारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । नगर पार्टीको विस्तारित भेलाले मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।बिर्तामोडको व्यवसायिक वृत्तमा लोकप्रिय मानिएका मैनालीले स्वतन्त्र व्यवसायिक प्यानल बनाएर व्यवसायीको साझा उम्मेदवार बन्ने जनाएका छन् । उनले सबै व्यवसायीहरुलाई विस्तारित भेलामा सहभागी हुन आव्हान समेत गरेका छन् ।

अध्यक्षमा मैनालीले उम्मेदवारी दिने चर्चासँगै बिर्तामोडका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुदैछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *