आसन्न बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षमा मैनालीको उम्मेदवारी

बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुन कुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् l

नेपाल उधोग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आज बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवार घोषणा गरेका हुन् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य सघप्रती बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

संघको निर्वाचन फागुन १४ गते हुने भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *