इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपहुदाँ एक युवकको मृत्यु

इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपहुदाँ एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखका अन्दाजी २३ सुजन राउत रहेका छन् ।

परिक्षार्थीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेका थिए । प्रकाशको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा आज दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको आज दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो।अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको छ। गाडी आगजनीमा संलग्न भएको आरोपमा दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *