विर्तामोडमा साहित्य लेखन र पत्रकारिता सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न

झापाको विर्तामोडमा वीरता रिडर्स र साहित्य पत्रकार मन्चको आयोजनामा साहित्य लेखन र पत्रकारिता सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ ।

लेखक तथा पत्रकार घनेन्द्र ओझाले मुख्य साहित्य सम्बन्धि काव्य ,निबन्ध ,नाटक र आख्यान के हो र यसलाई कसरी लेख्न सकिन्छ भन्ने कुरालाई प्रस्टाउदै पत्रकारिता सम्बन्धि विभिन्न जानकारीहरु दिनुभएको थियो । यस कार्यक्रममा साहित्य तर्फ कलम चलाउने भर्खरै सिक्दै गरेका नयाँ साहित्यप्रेमी मनहरुलाई आफ्नोे रचनाहरुलाई अझ बढी राम्रो बनाउनका लागि थप कुन कुन कुराहरुमा ध्यान दिने भन्ने विषयहरुमा चर्चा भएको थियो । कार्यशालामा झापाका पत्रकार, लेखक र रिडरहरुको सहभागिता थियो ।

बिर्तामोडस्थित फास्ट ट्रयाक कन्सल्टेन्सीको हलमा आयोजित कार्यशालामा झापाका लेखक पत्रकारहरु तीर्थ सिग्देल, सन्तोष आचार्य, लीला अनमोल, दीपिन राई लगायत फास्ट ट्रयाकका संचालक खड्ग ताम्ली, वीरता रिडर्सका सहसंयोजक केशब मैनाली, नेल्टाका पूर्व अध्यक्ष धर्मेन्द्र भट्टराई, साहित्य पत्रकार मन्चका संयोजक हरि बराल, सचिब भरत प्रसाई, सदस्यहरु सरोज पौडेल, एकराज प्रधान, रत्नबहादुर बस्नेत लगायत २१ जनाको सहभागिता रहेको थियो ।

पत्रकारिताको माध्यमबाट साहित्य क्षेत्रको उन्ययन गर्नु कार्यशालाको उद्देस्य रहेको वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *