धनुषामा अज्ञात समूहको गोली प्रहार : एक गम्भीर घाइते

१९ भदौ, जनकपुर । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् ।

उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।

जनकपुर-ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका- ७ मा उनलाई गोली प्रहार भएको थियो ।

ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेको शर्माले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *