प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले १८ र १९ मेची राजमार्ग बन्दको घोषणा

प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले भोलि बुधबार र पर्सी बिहीवार मेची राजमार्ग बन्दको घोषणा गरेको हो ।

संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पहिचानवादी नेता बुलेट किराँती आन्जेश राई को तत्काल रिहाई माग गर्दै बन्दको घोषणा गरिएको जानकारी गराएको छ ।

घुर्मी चिवाभञ्याङ बन्दको क्रममा पक्राउ परेका करिव ७० जना नेता कार्यकर्ता रिहाइको माग राख्दै गत मंसिर ३० र पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलाममा पराल बोकेको गाडीमा अज्ञात समुहले गरेको आगजनीमा किराँतीलाई पक्राउ गरी झुटो मुद्दा लगाइएको संघर्ष समितिको आरोप रहेको छ ।

नेता किराँती निर्दोष छ भनी तत्काल रिहाइको लागि पटक पटक प्रशासन पुग्दा पनि रिहाइको सट्टा झुटो मुद्दा दर्ता गरी षड्यन्त्र गरेकोले उनको रिहाइको लागि पुन मेची राजमार्ग बन्द गर्न बाध्य भएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

किरातीको रिहाइको लागि संयुक्त संघर्ष समितिको केन्द्रीय कार्यकारी संयोजक डकेन्द्रसिंह थेगिमको नेतृत्वमा पुष ८ र १३ गते इलामका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी बाहुदेव खतिवडा लगायतसँग भेटेर छाड्न चेतावनी दिदा समेत नछाडेपछि यातायात बन्दको कार्यक्रम ल्याएका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *