सर्लाहीमा नगर अस्पतालको विषयमा झडप हुँदा एक जनाको मृत्यु

सर्लाहीमा नगर अस्पतालको विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिएका छन् ।अधिकारीका नुसार आज दिउँसो २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच भएको झडपमा परी उनको मृत्यु भएको हो । मृतकको शव आन्दोलनकारीकै कब्जामा रहेको पनि प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।

नगर अस्पतालको भवनको स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले आज विहान नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीसंग झडप भएको हो । अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो ।

स्थानीय वासिन्दाले नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग गर्दै आएका छन् । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । स्तरोन्नती गरी ५० शैया बनाइएको अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर्ने विषयमा चर्को विवाद हुँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *