चारपानेमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु , २ घाइते

झापाको बिर्तामोड–२ स्थित चारपानेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।

शनिबार साँझ साढे ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ५ प ७२४८ नम्बरको मोटरसाइकललाई सोहि दिशा तर्फ जाँदै गरेको प्र १–०१–००२ ख ०१४९ नम्बरको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त दुर्घटनामा परि मोटरसाइकल चालक कनकाई नगरपालिका ८ का ४४ बर्षीय तोयानाथ उप्रेती, पछाडी सवार दुई जना बाह्रदशी ७ बस्ने ४० बर्षीय सागर माझी र अर्जुनधारा ५ बस्ने ५९ बर्षीय रविनाथ सिटौला गम्भिर घाइते भएका थिए ।

घाइतेद्वय उप्रेती र सागर माझीलाई उपचारको लागि बिर्ता सिटी अस्पताल र सिटौलालाई बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मोटरसाइकल चालक उप्रेतीको ६स्५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइते माझी र सिटौलाको उपचार भइरहेको छ ।

घटनामा परेका मोटरसाइकल, बस र बस चालक रतुवामाई नगरपालिका ६, मोरङका ४० बर्षीय पूर्णबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *