ज्योति मगर गायन र नृत्यमा बेजोडसँग झुमिरहेका बेला स्टेज नै प्वाल पर्‍यो

गायिका ज्योति मगरको गायनसहितको बेजोड प्रस्तुति हेर्न दर्शक सधैं लालयित हुन्छन् ।

ठूलो युवा जमातले उनलाई स्टेज प्रस्तुतिमा सधैं ‘हुटिङ’ दिन्छ । र, दर्शक–स्रोतासँगै उनी उफ्रीउफ्री गाउँदै आफूपनि नाच्दै अरुलाई पनि नचाउने गर्छिन् ।अरू त अरू, ज्योति मगरको पहिरनमा कटु आलोचना गर्नेहरूसमेत लुकीलुकी उनको प्रस्तुति हेर्न चाहिँ कार्यक्रमस्थल पुगेको चर्चासमेत सुनिन्छ । यसबाटै थाहा हुन्छ कि, गायिका ज्योति मगर बहुसंख्यक दर्शक–स्रोताको आकर्षणमा पर्छिन् ।इलामको माई नगरपालिकामा पनि पुस १७ देखि २० सम्म तेह्रकुने पोखरी सिमसार पर्यटन महोत्सव आयोजना गरियो । महोत्सव समापनमा आइन् गायिका ज्योति मगर ।

समापन हुने पूर्वसन्ध्यामा राति करिब ११ बजे स्टेज उक्लिएकी मगरले केही गीतमात्रै गाएकी थिइन्, अनौठो घटना भयो । गायन र नृत्यमा बेजोडसँग झुमिरहेका बेला स्टेज नै प्वाल पर्‍यो । प्वालमा ज्योतिको देब्रे खुट्टो पर्‍यो र घुँडासम्म छिर्‍यो ।‘मैले भनेको त हो नि’ भन्दै उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग मागिन् ।प्रस्तुति दिँदादिँदै खुट्टामा चोटसमेत लाग्नेगरीको यो घटना भएपछि ज्योति आयोजकसँग केही असन्तुष्ट भइन् । तर, प्रस्तुति छाडिनन् ।

चोटका कारण खुट्टाले साथ नदिएपछि करिब राति १२ बजे उनले आ फ्नो प्रस्तुति बिट मारिन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *