नेपाल ९६ रनमा समेटीयो : नेपालको फाइलमा पुग्ने सपना टुङ्ग्गीयो

भदौ १९।  टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले सबै विकेट गुमाएर मात्र ९६ रनको लक्ष्य हङकङलाई दिएको छ।

नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए । चैथोमा ज्ञानेन्द्र मल्ल, पाँचौ विकेटमा दीपेन्द्र सिंह ऐरी रन अनाउदा आउट भए, छैटौँ विकेटमा सागर पुन  ७ रनमा आउट भए , सातौँ विकेटका रुपमा आएका सोमपाल कामीले खाता खोल्न सकेनन् ।आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो । यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपेर जम्मा ९६ रनको लक्ष्य हङकङलाई दिएको हो   । पहिलो इनिंग सकिएको छ ।

यो संगै नेपालको फाइलमा पुगने सपना अब टुङ्ग्गीएको छ। फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने बाध्यता नेपाललाई थियो सामान्य जित पर्याप्त हुने छैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराउनु पर्ने थियो र यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ । दोश्रो इनिंग केहि समयमा सुरु हुने छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *