प्रश्नपत्र आउट त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको परीक्षा रोकियो

भदौ १९,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम वर्षको समेस्टर प्रणालीको शिक्षाशास्त्र अन्तर्गत उच्चस्तरीय शैक्षिक मनोविज्ञान– ३१५ विषयको परीक्षा स्थगित भएको छ ।

परीक्षा अगाडि नै प्रश्नपत्र आउट भएकोले परीक्षा स्थगित गरिएको जानकारी गराइएको छ । यो विषयको परीक्षा कहिले हुने भन्नेबारे पछि नै सूचना निकालिने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिन कार्यालयले जनाएको छ ।

गएको १७ गते पनि फाउण्डेशन अफ एजुकेशन अन्तर्गत शिक्षाका आधार विषयको प्रश्नपत्र होमनाथ भट्टराईद्वारा लिखित किताबको २०७४ को नमूना प्रश्न जस्ताको त्यस्तै आएको पाइएको थियो ।

यसरी पटक–पटक प्रश्नपत्र आउट हुँदा त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका केन्द्रीय विभागका शिक्षकहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *