इलाममा बेवारिसे अवस्थामा नवजात शिशु फेला

इलाममा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । जिल्लाको माईजोगमाई गाउँपालिका (३ स्थित गुप्तीमा ढुङ्गाको ओढारमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गुप्तीस्थित मुख्य सडकदेखि करिब १ किलोमिटर मुनी ढुङ्गाको ओढारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।ओढारमा भेटिएको नवजात शिशु जिउँदै रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।नवजात शिशु बालक रहेको उनले बताए ।

नवजात शिशु कसले फालेको भन्ने बारेमा जानकारी नभएकाले शिशु फाल्ने महिलाको खोजी भईरहेको जबेगूले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *