त्रिशूलीमा दुर्घटनाग्रस्त भारतीय नम्बर प्लेटको बोलेरो फेला

त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो भएको फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार गोताखोरले बोलेरो फेला पारेपनि मान्छे फेला पार्न नसकेको जनाएको छ ।

अहिले पनि त्रिशूलीमा दुर्घटनाग्रस्त बोलेरोका यात्रु खोज्नेक्रम जारी नै छ । चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा पर्ने त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि खोजी जारी रहेको हो । बिहान साढे ४ बजेतिर नदीको पानीभित्र बत्ती बलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नजिकै भारतीय सवारी साधनको नम्बर प्लेट भेटिएको थियो । नम्बर प्लेटमा बिआर ०९ जिसी १४३० लेखिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुलमुनि सवारी साधन देखिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *