१५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादेलाई घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएको आरोपमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्दै आएका पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *