प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबले कोशीलाई ९ विकेटले हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराएको छ ।

आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशीलाई ९ विकेटले हरायो । कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ओभरमा विकेट गुमाएर भेटायो । आर्मीका इमरान शेख र सन्तोष कार्कीले समान ३२ रन बनाए । कोशीका सुजन थपलियाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४ ओभर ४ बलमा ८८ रनमा अल आउट भयो । कोशीका कप्तान अङ्कित सुवेदीले सर्वाधिक ४१ रन बनाए । कोशीका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । आर्मीका शाहब आलमले ६ विकेट लिए ।

प्रतियोगितामा आर्मीको यो दोस्रो जित हो । आर्मीले ३ खेलमा ४ अङ्क जोडेको छ । कोशीको यो लगातार चौथो हार हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *