बदनाम बन्दै कञ्चनपुर , फेरी २ युवती बेहोस अबस्थामा फेला

भदौ १९ -कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ स्थित चौराह नजिक २ युवती बेहोस अबस्थामा फेला परेका छन् । गौरा हेर्न गएका बेलौरी नगरपालिका-९ का १९ बर्षिय अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका-१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् । दुवै जनालाई उपचारार्थ सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

त्यस्तै कृष्णपुर नगरपालिका ८ बिचुवा बस्ने ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया महिलालाई निर्घात कुटपिट गरेका छन् । भट्टले सोही नगरपालिकाकी दुलारी रानामाथि कुटपिट गरेका हुन् । कुटपिटबाट दुई वटा दाँत झरेका छन। प्रहरीले भट्टलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बेदकोट नगरपालिका– १ रडहाका एक युवक किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती गर्न खोजेको आरोपमा स्थानीय २२ वर्षीय तारी भट्टलाई प्रहरी कार्यालय झलारीको टोलीले भट्टलाई पक्राउ गरेको हो । कृष्णजन्माष्टमीको अवसरमा शिव मन्दिरमा भजनकीर्तन गर्न गएका किशोलाई नजिकैको खोपकेन्द्रमा लगि जबरजस्ती करणी गर्न खोजेको जनाएको छ । – kalikanews

Leave a comment

Your email address will not be published. Required fields are marked *