प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ ।

यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ । यस्तै, एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।

काउन्सिलले जारी गरेको सूचना

 

Leave a comment

Your email address will not be published. Required fields are marked *