यू–१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध न्युजिल्यान्डको ३०२ रन

यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालविरुद्ध न्युजिल्यान्डले ३०२ रन बनाएको छ।

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा दिउँसो १:४५ बाट सुरुभएको खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो। न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७ रन बनाए।नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए ।

नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *