इलाममा जारी प्रथम इलाम गोल्डकपमा विर्तामोड युनाइटेड झापा सेमिफाइनलमा प्रवेश

इलाममा जारी प्रथम इलाम गोल्डकपमा विर्तामोड युनाइटेड झापा सेमिफाइनल प्रवेश गरेको छ ।

इलामको ठुलो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी इटहरीको राष्ट्रिय जागृति क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै झापाले अघिल्लो चरणको यात्रा तय गरेको हो । झापाको जीतमा हिसुप थपलियाले खेलको ३८ औँ र ५१ औ मिनेटमा गोल गरे भने ८६ औ मिनेटमा प्रशान्त लक्षमले तेस्रो गोल गरे । खेलमा म्यान अफ द म्याच झापाका हिसुब थपलिया बनेका छन् । उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहेको छ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *