माघ २२ गते संसद्काे हिउँदे अधिवेशन बाेलाउन सरकारकाे सिफारिस

काठमाण्डाै – सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको २२ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते दिउँसाे ४ बजे सङ्घीय दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *