आयोजक टिमलाई हराउँदै एनआरटी इलाम गोल्डकपको फाइनलमा

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा न्युरोड टिम (एनआरटी) ले फाइनल यात्रा तय गरेको छ ।

आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा सडन डेथमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधि होडमा पुगेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।पहिलो हाफमा इलामको तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । पहिलो हाफमा इलाम १ गोलले अघि रहेपनि दोस्रो हाफमा एनआरटीका विदेशी खेलाडीले गोल गरेपछि बराबरी भएको हो ।

आजको खेलको म्यान अफ् दि म्याच एनआरटीका विदेशी खेलाडी (बलरक्षक) थेभ्स पिसो घोषित भए ।भोलिको दोस्रो सेमिफाइलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१३ गते हुने फाइनल विजेताले पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार पाउनेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *