यू १९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७।४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि आन वावैसले अर्धसतक प्रहार गरे । उनी ६३ रनमा अविजित रहे । शम्याल हसन र शाहजैब खानले ३७/३७ र अहमेद हसनले २९ रनको योगदान दिए । आज सम्पन्न खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो ।

पाकिस्तानका लागि एस खान र एस हुसेनले समान ३७ रन बनाए । पाकिस्तानका अजान अवीसले आउट नभई सबै भन्दा वढि ६३ रन बनाए। नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दिपेश कडेंलले एक एक विकेट लिए । यस अघि नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका लागि विपीन रावलले ३९ , कप्तान देव खनालले २३ , दिपक डुम्रेले २६ र सुभाष भण्डारीले २० रन बनाए।

न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए। गुल्सन झाले १८ रनको योगदान दिए। आकाश चन्द १६ रन बनाएर नट आउट रहे । नेपालले समूहको अन्तिम खेल अफगानिस्तानसंग आउने शुक्रबार खेल्नेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *