१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल आज अफगानिस्तानसँग खेल्दै

विर्तामोड, १२ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।

यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहोरेको छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *