राष्ट्रियसभा सदस्यमा कांग्रेसका सिटौला निर्वाचित

राष्ट्रियसभा सदस्यमा कांग्रेसका सिटौला निर्वाचित, मा ओवादीकी कार्की पराजित

विराटनगर कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।यस्तै, नेकपा एमालेका रूक्मिणी कोइराला विजयी भएकी छन् ।उनले ५ हजार ८६ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएका छन् । कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *