एलपी ग्यासको बुलेट त्रिशूलीमा खस्यो

भदौ १९,चितवन।  एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको बुलेट नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय एचआर ६९ पी ६९७३ नम्बरको बुलेट १ः२० बजे नदीमा खसेको हो । चालक भने हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ ।

बुलेट नदीले बगाएर जुगेडी ल्याइपुर्‍याएको जनाइएको छ । प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको बुलेट नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *