दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिमका लागि युवाबाट लिएको ३२ लाख रकम फिर्ता

दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा सीपमूलक तालिम सञ्चालन गरेको केन्द्रले तालिमका लागि युवाबाट लिएको रकम फिर्ता गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार इलामको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो ।‘तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको छ,’ प्रशासनले भनेको छ, ‘बाँकी तीन जनाको आधा रकम गरी जम्मा ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको छ ।’इलाममा सेन्टरले करिब तीन सय जनाले यहाँ तालिम लिएका थिए । तर, छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिइएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *