पाकिस्तानमा विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु

पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तमा निर्वाचनमा भाग लिने उम्मेदवारहरूको कार्यालय बाहिर बुधवार साँझ २ वटा विस्फोट भएको हो। बीबीसीका अनुसार विस्फोटमा परी २७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। क्वेटाको पिशिन जिल्लामा भएको पहिलो विस्फोटमा १८ जनाको मृत्यु भएको हो भने किला सैफुल्लाहमा भएको दोस्रो विस्फोटमा परी ९ जनाको मृत्यु भएको बताइएको छ।हालसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन।

Leave a comment

Your email address will not be published. Required fields are marked *