कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङबाट जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

साथै वहाँले इलाम जिल्लाका स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *