सुरुङ्गामा लागुऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्तालाई घटाउन इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्कुल स्कुलमा सचेतना अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा कनकाई नगरपालिका ५ स्थित संस्थागत विद्यालय बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयमा एकदिवशीय लागुऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले विद्यालयका कक्षा ७,८,९ र १० का १०० विद्यार्थीलाई लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर, साईबर अपराध यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।कार्यक्रममा बेनुबाजा अंग्रेजी माविका पिन्सिपल तथा कनकाई नगर ब्यासनका अध्यक्ष बिनोद सुब्बा लगायातको आतिथ्यता रहेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालयहरुमा समेत यसप्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै आइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *