क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको जित

क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् ।

अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् ।

यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए । यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए । सोमपाल कामी र कुशल मल्ला समान९र९ रनमा नटआउट रहे । आजको जितसँगै तीन खेलको शृङ्खला नेपालले एक खेलअघि नै जितेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए । बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २ /२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकाश चन्दले एकरएक विकेट लिए । आकाश चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *