अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस

२० भदाै, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।-OnlineKhabar

Leave a comment

Your email address will not be published. Required fields are marked *