पानी पर्न छोडेपछि देशभर तापक्रममा वृद्धि

२० भदौ, काठमाडौं । अबको एक दुई दिन देशभरीकै तापक्रम बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । अबको दुई दिन कम पानी पर्ने भएकाले तापक्रम बढ्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

केही दिन यता देशभरी कै तापक्रम बढ्दै गएको छ । हिजो विराटनगरको तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस र दिपायलको तापक्रम ३४ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंको तापक्रम ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । अझै एकदुई दिन कम पानी पर्ने भएकाले तापक्रम बढ्ने मौसमविद् पोख्रेलको अनुमान छ ।

बुधबार सुदूरपश्चिमको तराई बाहेकका ठाउँमा ठाउँमा चर्को घाम लाग्ने संभावना रहेको उहाँले बताउनुभयो । तर दिउँसो पछि केहि ठाउँको मौसम आशिंक बदली भई हल्का पानी पर्ने उहाँको अनुमान छ । – UjyaloOnline

Leave a comment

Your email address will not be published. Required fields are marked *