सौतेनी आमाको निर्देशनमा ९ बर्षकी बालीकाको सामुहिक बलात्कार पछी हत्या

भदौ २१ ।  भारतको कस्मीरमा एक ९ बर्षकी बालीकाको सामुहिक बलात्कार पछी हत्या भएको छ।

बालीकाको हत्याको आरोपमा चार जना पुरुष र एक महिलालाई पुलीसले पक्राउ गरेको छ।

बालिकालाई बलात्कार पछी हत्या गरी घरबाट १ किलोमिटर पर लगेर गाडेको अवस्थामा फेला पारिएको हो।  बलात्कारको आरोपमा पकड़ाउ परेकी महिला सोहि बालीकाको सौतेनी आमा रहेको र सोही महिलाको निर्देशनमा बलात्कार पछी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

बालिकाको बाबु घरमा नभएको बेला घटना भएको र १२ दिन पछी बाबु घर आउदा शंका लागेपछी बालिकाको बाबुले पुलिसमा खबर गरेपछी घटना बाहिर आएको हो।

भारतमा पछील्लो समय एस्तो अपराध बढ्दै गएको र यो घटना एकदम दुखद भएको अन्तराष्ट्रीय समाचार माध्यमहरुले जनाएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *