कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियम डीएलएस का आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । वर्षाले प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य भेटायो । नेपालकी कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । कुवेतकी मारयम ओमरले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतकी प्रियदा मुरलीले २९ रन बनाइन् । नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन् । यस्तै कविता कुँवर र रुबिना क्षेत्रीले समान २ विकेट लिइन् ।अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने टोलीले एसिया कप खेल्नेछन् ।

साभर : उज्यालो अनलाइन

Leave a comment

Your email address will not be published. Required fields are marked *