१४औं संस्करणको पवित्रहाङमा कप महिला फुटबलको उपाधि भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई

इलामको माङसेबुङमा सम्पन्न १४औं संस्करणको पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधि भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले हात पारेको छ । बुधबारको फाइलनमा साविक विजेता मानेभञ्ज्याङले झापाको कन्काई नगरपालिकालाई ३–१ गोलान्तरले पाखा लगाउँदै उपाधि उचालेको हो ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनलमा मानेभञ्ज्याङकी सिम्रन गुरुङले २ र सुस्मिता लेप्चाले एक गोल गरे । कन्काईका लागि कुमारी तामाङले एक गोल फर्काएपनि जितका लागि पर्याप्त भएन ।उपाधि जितेसँगै मानेभञ्ज्याङले तीन लाख एक सय ६८ रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । उपविजेता कन्काईले दुई लाख एक सय ६८ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पायो ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङमा लिङदेनको उपस्थिति र गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथ्यमा फाइनल सम्पन्न भएको हो ।गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६८औं जन्मोत्सव अवसरमा आयोजित प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *