झापाको मेचीनगरबाट दुई लाख रुपैयाँ चोरी गरी भाग्दै गर्दा एक युवक पक्राउ

झापाको मेचीनगरबाट दुई लाख रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार मेचीनगर–९ लिलाबस्ति स्थित प्र १–०१–००१ च ९८०५ नं। को बोलेरो पिकअप गाडीमा खलासी काम गर्ने जिल्ला इलाम–९ गोलाबस्तीका २३ वर्षीय पासाङ तामाङ बम्जनले गामडीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरी फरार भएको भनेर गाडी धनि इलाम सूर्योदय–८ का सुरेन जोशीले प्रहरीमा उजुरी गरेका थिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले नगद चोरी गरी फरार रहेका बम्जनलाई काठमाडौँ जाँदै गरेको अवस्थामा आज दमक–९ पश्चिम बस स्टेनबाट नगद नेरु ६५ हजार १५ र भारु ८ हजार ४७० सहित पक्राउ गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *